एमालेप्रतिको कुण्ठाले मीनबहादुरको सिकार गर्न अग्रसर ब्याधाहरु – Nepal Press

एमालेप्रतिको कुण्ठाले मीनबहादुरको सिकार गर्न अग्रसर ब्याधाहरु

समय परिवर्तनशील छ । समयसँगै परिवर्तन हुन सकिएन भने आफ्नो अस्तित्व खरानी हुन्छ भन्ने कुरा बुझ्न सक्नु नै बुद्धिमता हो । शिव खेराले आफ्नो बहुप्रतिष्ठित किताब ‘यु क्यान विन’मा लेखेका छन्- ‘अपर्चुनिटी सिम्स इजियर वेन इट इज लिभिङ र्‍यादर द्‌यान वेन इट कम्स’ अर्थात् अवसरहरु आफूसँग आउँदाभन्दा आफूलाई छाडेर जाँदा सहज रहेछ भन्ने लाग्छ । नेपाली राजनीति पनि आदर्श र व्यवहारिकताको यस्तै द्विविधामा अघि बढिरहेको पाइन्छ । अझ यस्तो द्विविधा वामपन्थी राजनीतिका अनुयायीहरुमा बढी देखिएको छ । यसै मौकामा वामपन्थीविरोधी शक्तिहरुले वामपन्थीहरुमाथि प्रहार गर्नु त सामान्य विषय नै भयो ।

कुनै बेला उग्र वामपन्थी विचारले हालको शिक्षालाई बुर्जुवा शिक्षा नामकरण दिएर बहिष्कार अभियान नै चालेको थियो । पुँजीवादीहरुको सामन्ती र दास मानसिकतासँग लड्नुपर्ने बेलाको विचार जस्तै शीत युद्धपछिको परिवर्तित समाजमा समायोजन हुन नसक्दा विश्व मानचित्रमा वामपन्थी आन्दोलन पछि पर्न पुग्यो । नेपालमा पनि जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बुहदलीय जनवाद स्वीकार्न नसक्ने उग्र वामपन्थीहरु तहसनहस भएका छन् । जनयुद्ध सुरु गर्छौं भनेर हतियार उठाएका माओवादी अन्तमा मदन भण्डारीकै जबजको लाइनमा आउन बाध्य भएको छ, भलै उसले सो विचार अँगालेको दस्तावेजीकरण गरेको छैन ।

हामी नेपालीहरुलाई आदर्शका गफ गर्न खुब रुचि छ, तर हाम्रो चाहना के रहन्छ भने त्यो आदर्शको पालना मैलेबाहेक अरुले गर्नुपर्छ । महाभारतमा युद्ध जित्न धर्मराज युधिष्ठिरले बोलेको आंशिक सत्य होस् कि गाण्डिवधारी अर्जुनले कर्णको वध गरेको होस्, एकलव्यसँग गुरु द्रोणले मागेको गुरु दक्षिणा होस् कि कृष्णजीले बर्बरिकसँग उसको शीर दानमा मागेको होस्, आजका हामीले आदर्शका रुपमा हेर्ने समाजले पनि व्यवहारिकतालाई बढी प्राथमिकता दिएको थियो ।

संसारभर नै राजनीतिक पार्टीहरु शुभेच्छुकहरुको विभिन्न किसिमका दानहरुबाट सञ्चालन भएका हुन्छन् । कसैले पार्टीलाई समय दिन्छन्, कसैले पैसालगायत अन्य सम्पत्ति सहयोग गरिरहेका हुन्छन् । त्यसरी नै राजनीतिक पार्टीहरु सञ्चालन हुन्छन् । नेपालका हरेक राजनीतिक पार्टीहरु पनि त्यसरी नै सञ्चालन भइरहेका छन् ।

हाल हामीलाई एक पार्टीलाई एक व्यापारीले दान गरेको जग्गाको विषय राजनीतिक आदर्शको मसला बनेको छ । पहिलो कुरा के बुझ्न जरुरी छ भने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एउटा पार्टीलाई मात्र सहयोग गरेका होइनन् । उनको सामाजिक काम धेरै होलान्, तर केही महत्वपूर्ण काम भने उनले टिचिङ अस्पताल र भगवान कोइरालाले सुरु गर्न लागेको बाल अस्पताललाई गरेको सहयोगलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

मान्छेसँग पैसा भएरमात्र हुँदैन । दान गर्न त ठूलो हृदय चाहिन्छ । देशमा मीनबहादुर गुरुङभन्दा धनी व्यक्तिहरु नभएका होइनन्, तर डा. भगवान कोइरालाको अगुवाइमा सात वटै प्रदेशमा बाल अस्पताल बनाउन ४१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा भने उनीबाट भयो । उनले त्रिवि शिक्षण अस्पतालका पनि दुइटा भवन बनाइदिएका थिए । आफ्ना बुवा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङका नाममा २०६८ सालमा ११ करोड लगानीको आकस्मिक कक्षसहितको भवन बनाइदिएका थिए । पछि १५ करोड लागतमा अर्को भवन बनाउन सहयोग गरेका थिए ।

आफूले आस्था राख्ने पार्टी र सो पार्टीलाई केन्द्रीय कार्यालय आवश्यक हुँदा केही जग्गा दान गर्नु सामान्य विषय हो । संसारभर नै राजनीतिक पार्टीहरु शुभेच्छुकहरुको विभिन्न किसिमका दानहरुबाट सञ्चालन भएका हुन्छन् । कसैले पार्टीलाई समय दिन्छन्, कसैले पैसालगायत अन्य सम्पत्ति सहयोग गरिरहेका हुन्छन् । त्यसरी नै राजनीतिक पार्टीहरु सञ्चालन हुन्छन् । नेपालका हरेक राजनीतिक पार्टीहरु पनि त्यसरी नै सञ्चालन भइरहेका छन् । सदस्यहरुबाट उठाइने सदस्यता शुल्क र सांसदहरुबाट लिइने लेभीले मात्र पार्टीका सम्पूर्ण खर्चहरु धान्न सम्भव हुँदैन ।

कुनै पार्टीका केन्द्रीय सचिव जेलमा छन् भने कुनै पार्टीका शक्तिशाली नेताहरुले भ्रष्टाचार मुद्दामा कारबाही भोगिसकेका छन् । राजनीतिक आबद्धता भएकै भरमा कानूनी उन्मुक्ति त मिल्दो रहेनछ भन्ने यस्ता अनेकौं उदाहरण छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट आबद्धता जनाएका मीनबहादुर गुरुङले आफू सक्षम भएका बखत आफूले श्रद्धा गर्ने विचार र पार्टीलाई सहयोग गरे त उनले कुनै अपराध गरेनन् । एमाले पार्टीले पनि आफ्ना विचारप्रति प्रतिबद्ध एक नेपाली नागरिकबाट सहयोग लिएर कुनै अपराध गरेको जस्तो महसुस मलाई लागेको छैन । कुनै विदेशी नागरिक या विदेशी संस्था या विदेशी देशसँग त्यस्तो सहयोग लिइएको त होइन नि !

स्वार्थको द्वन्द्वको जुन विषय उठाइरहेको छ, त्यो पनि केही अञ्जानवस भएको हुनुपर्छ भने केही आदर्शको परिकल्पनामा राय निर्माण गर्न खोजिएको छ । विपक्षीले त मौका पाउँदा कुरा उठाउने भए नै । यदि पार्टीलाई केही दान गर्दैमा हरेक अपराधबाट उन्मुक्ति पाइन्छ भन्ने कोणबाट जुन भाष्य बनाउन खोजिँदैछ, त्यो त्रुटिपूर्ण मात्र होइन, बदनियतपूर्ण पनि छ । कुनै पार्टीका केन्द्रीय सचिव जेलमा छन् भने कुनै पार्टीका शक्तिशाली नेताहरुले भ्रष्टाचार मुद्दामा कारबाही भोगिसकेका छन् । राजनीतिक आबद्धता भएकै भरमा कानूनी उन्मुक्ति त मिल्दो रहेनछ भन्ने यस्ता अनेकौं उदाहरण छन् ।

देशमा सधैं एकै पार्टीकै सरकार हुने पनि होइन । करिब दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको नेकपा सरकारले संसद विघटन गर्दा सर्वोच्चले त रोक लगाएकै हो नि ! कानूनी राज्यमा हुकुमी राज्य झैं कुनै एक नेता या दलले जे भन्यो या चाह्यो त्यही हुँदैन । त्यस अर्थमा पनि कसैले कुनै पार्टीलाई केही दान दियो भने आजको खुला समाजमा त्यति धेरै रोइलो गर्न आवश्यक छैन । देशका सबैजसो पार्टीका कार्यालयहरु कसै न कसैले दान दिएकै भरमा बनेका हुन् ।

देशका सबैजसो पार्टीका कार्यालयहरु कसै न कसैले दान दिएकै भरमा बनेका हुन् । यदि दान गर्दैमा पार्टी कब्जामा जान्छ भने त त्यो व्यवसायीमात्र होइन, अन्यको हकमा पनि त त्यही लागू हुनुपर्ने हो ।

यदि दान गर्दैमा पार्टी कब्जामा जान्छ भने त त्यो व्यवसायीमात्र होइन, अन्यको हकमा पनि त त्यही लागू हुनुपर्ने हो । व्यवसायीलाई मात्र किन हामी त्यति घृणाको दृष्टिकोणले हेर्न खोजिरहेका छौं ? के एमालेले पार्टीलाई दान दिएकै भरमा पार्टीले ती दान दिने व्यक्तिको हरेक कुरा स्वीकार्ने निर्णय गरेको छ र ? त्यस्तो पटक्कै होइन । त्यसकारण यस्ता सामान्य विषयमा राजनीतिक बहस गरिरहनुको कुनै तुक छैन ।

अन्तमा, ती दानवीर व्यक्तिले एमालेलाई गरेको सहयोगमात्र खराब हुने, यो कस्तो तर्क गरिरहेका छौं हामी ? यदि उनी खराब व्यक्ति हुन् भने त करिब १३ वर्ष अगाडि उनले बनाइदिएको त्रिवि शिक्षण अस्पतालका दुईवटा भवनबाट उनले केही फाइदा लिए कि सम्पूर्ण नेपालीहरुलाई लाभ भइरहेको छ ? सातै प्रदेशमा बाल अस्पताल खोल्न गरिएको सहयोगले सहयोगकर्ताले बाल अस्पताल नै हत्याउन खोजेको आरोप लगाउने त अब हामीले ?

राजनीतिक दल पनि कोही व्यक्ति विशेषको होइन । त्यो सार्वजनिक सम्पत्ति हो । व्यक्तिलाई दिएको भए हामीले प्रश्न गर्नु जायज हुन सक्थ्यो, तर पार्टीलाई दिँदा शंका गर्नुपर्ने कुनै आवश्यक छैन । पार्टी आफ्नै विधि विधानमा चल्छ । सदस्यहरुको चाहनाअनुसार कमिटी चयन हुन्छ र त्यसले सही गर्न नसकेको महसुस भएमा नयाँ कमिटी चयन हुन्छ । त्यसकारण व्यक्तिलाई गरिएको सहयोगले उसलाई सहयोग गर्नेप्रति नतमस्तक बनाउन सक्ला, तर राजनीतिक पार्टी जस्तो डाइनामिक संस्थालाई गरिने सहयोगले त्यस्तो परिस्थिति निम्त्याउने सम्भावना कम रहन्छ ।

वास्तवमा मीनबहादुरले समाजका लागि खर्च गरेको अर्बौ रुपैया दान र सामाजिक कामलाई अहिले उपेक्षा गर्न उद्यतहरु एमालेप्रति कुण्ठा पाल्ने समाज हुन् । उनीहरु एमालेको विरोध र कुण्ठाका कारण मीनबहादुरजस्ता दानवीरको शिकार गर्न अग्रसर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *