भिस्तारा विमानका यात्रुलाई बडी सर्च गरि बाहिर पठाइयो (तस्बिरहरु)
२०८१ कार्तिक ६ गते १८:३४
कैलाली । बमको हल्लापछि भिस्तारा विमानका यात्रुहरुलाई विशेषरुपमा वडि सर्च गरेर उच्च निगरानीका साथ इमिग्रेसनबाट बाहिर पठाइएको छ ।
मंगलबार अपराह्न साढे ४ बजे दिल्लीबाट आएको विमान काठमाडौंमा अवतरण गरेको थियो । त्यसपछि विमानभित्र बम छ भन्ने हल्ला चलेपछि त्रास फैलिएको थियो ।
अन्य विमानबाट आएका यात्रुलाई अहिले विमानमै राखिएको छ । भिस्ताराका यात्रुहरुको पूर्ण चेकचाँज भए पछि मात्र बाँकी यात्रुले वमानस्थल प्रवेश पाउने विमानस्थल स्रोतले जानकारी दिएको छ ।
सुरक्षाका कारण अत्यावश्यक कामबाहेक अराइभलमा पर्वेश गर्न र बाहिर जान निषेध गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर