भिस्तारा विमानभित्र बमको हल्ला ‘फेक’, ल्याण्ड गरेको ३ घण्टापछि पुनः दिल्ली उड्दै (भिडिओ) – Nepal Press

भिस्तारा विमानभित्र बमको हल्ला ‘फेक’, ल्याण्ड गरेको ३ घण्टापछि पुनः दिल्ली उड्दै (भिडिओ)

काठमाडौं । दिल्लीबाट काठमाडौं ल्याण्ड गरेको भिस्तारा विमानभित्र बम रहेको हल्ला फेक भएपछि पुनः उडान भरिएको छ ।

एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि प्रहरीले कडा निगरानीका साथ चेकजाँच गरेको थियो । त्यस्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले पनि विमानमा सर्च गरेको थियो भने हरेक यात्रुको बडी चेकजाँच गरिएको थियो ।

केही पनि नभेटिएपछि हल्ला ‘फेक’ भएको विमानस्थल स्रोतले जानकारी दिएको छ । त्यसपछि विमान पुनः दिल्ली उडानका लागि तयारी भएको स्रोतले जनायो । यात्रुहरुलाई बोर्डिङ गरी विमानभित्र लगिएको छ ।

भिडिओ

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर