भिनियस जुनियरको ह्याट्रिकमा रियल मड्रिडको विशाल जित – Nepal Press

भिनियस जुनियरको ह्याट्रिकमा रियल मड्रिडको विशाल जित

हेटौँडा । ब्राजिलियन स्टार खेलाडी भिनियस जुनियरले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिगको मङ्गलवार रातिको खेलमा रियल मड्रिडले विशाल जित दर्ता गरेको छ ।

स्पेनिस क्लब रियलले जर्मन क्लब ब्रोयसिया डर्टमन्टलाई ५-२ गोलले पराजित गरेको हो । २-० ले पछि परिसकेको अवस्थाबाट कमब्याक गर्दै रियलले रोमाञ्चक जित दर्ता गर्न सफल भयो ।

खेलको ३० औँ मिनेटमा मालेनको गोलबाट ब्रोयसियाले पहिलो अग्रता हासिल गर्न सफल भएको थियो । पहिलो गोलको चौथो मिनेटमानै ब्रोयसियाले पुन: दोस्रो गोल गर्न सफल भयो । जेमि बाइनोले गोल गर्दै टिमलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

तर दोस्रो हाफको ६० औँ मिनेटबाट रियल खेलमा फर्कियो । एन्टोनियो रुडिगरले गोल गर्दै रियलको गोल अन्तर २-१ मा झारे । त्यसको दुई मिनेटमानै भेनियस जुनियरले गोल गरेपछि खेल २-२ को अवस्थामा पुग्यो ।

खेलको ८२ औँ मिनेटमा लुकास भाजक्वेज ८६ औँ मिनेटमा गोल गरेपछि रियलको अग्रता ३-२ मा पुग्यो । रियल यतिकैमा रोकिएन, भिनियसले ८६ औँ मिनेटमा गोल गरेपछि खेल ४-२ को अवस्थामा पुग्यो ।

खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा पुनः जुनियरले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियलले सानदार जित हासिल गर्‍यो । जितपछि रियल तीन खेलबाट ६ अंक सहित ९ औँ स्थानमा छ । हारको बाबजुद पनि डर्टमन्ट ६ अङ्क सहित पाँचौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर