पहिलो ३ महिनामा कुन बैंकले कति कमाए नाफा ? – Nepal Press

पहिलो ३ महिनामा कुन बैंकले कति कमाए नाफा ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास वाणिज्य बैंकहरुले नाफा बढाएका छन् । वाणिज्य बैंकहरुले पहिलो ३ महिनामा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा यस आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा २१ प्रतिशतले वृद्धि भएको हो ।

पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । नविल बैंकले २ अर्ब ५ करोड ५६ लाखा नाफा कमाएको हो । अघिल्लो आवको सो अवधिमा १ अर्ब ४६ करोड ९३ लाख नाफा कमाएको थियो । ३९.९७ प्रतिशतले नाफा वृद्धि भएको हो ।

ग्लोबल आइएमई बैंकले पहिलो ३ महिनामा १ अर्ब ५१ करोड २१ लाख नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब २२ करोड नाफा कमाएको थियो । २३.३६ प्रतिशतले नाफा वृद्धि भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पहिलो ३ महिनामा १ अर्ब ४६ करोड ४० लाख नफा कमाएको छ । प्राइम कमर्सियल बैंकले १ अर्ब २८ करोड ६७ लाख नाफा कमाएको छ ।

एनएबि बैंकले पहिलो ३ महिनामा १ अर्ब १४ करोड ५६ लाख कमाएको छ । भने, कुमारीले १ अर्ब ७ करोड ८१ लाख नाफा कमाएको छ । प्रभु बैंकले आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड ६ लाख नाफा कमाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो त्रैमासमा ८६ करोड २२ लाख नाफा कमाएको छ । नेपाल एसबिआईले ८१ करोड ४६ लाख नाफा कमाएको छ । हिमालयन बैंकले ७२ करोड ६४ लाख नाफा कमाएको छ ।

नेपाल बैंकले ६० करोड २१ लाख नाफा पहिलो त्रैमासमा कमाएको छ । लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख नामा कमाएको छ । पहिलो ३ महिनामा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख नाफा कमाएको छ । भने, सानिमा बैंकले ३९ करोड ९५ लाख नाफा कमाएको छ ।

सिद्धार्थ बैंकले पहिलो त्रैमासमा ३८ करोड २० लाख नाफा कमाएको छ । सिटिजन्स बैंकले २४ करोड ६ लाख पहिलो त्रैमासमा नाफा कमाएको छ ।

त्यस्तै पहिलो त्रैमासमा कृषि विकासले १९ करोड ९ लाख नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले पहिलो त्रैमासमा १५ करोड नाफा कमाएको छ । एनआईसी एसिया बैंकले ११ करोड ५ लाख नाफा कमाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *