एमालेलाई मिनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्न न्यायाधीसको अनुमति – Nepal Press

एमालेलाई मिनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्न न्यायाधीसको अनुमति

काठमाडौं । व्यवसायी मिनबहादुर श्रेष्ठले सत्तारुढ दल एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठले यसका लागि अनुमति दिएका छन् ।

जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले लगेको रिटलाई सुरुमा अदालत प्रशासनले अस्वीकार गरेकाे थियाे । अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट दर्ता गर्न नमिलेको प्रशासनकाे भनाइ थियाे ।

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न लगिएको रिट कात्तिक ५ गते दरपीठ हुने आदेश गरेका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च प्रशासनले गरेको निर्णय बदर हुने आदेश गरेका छन् ।

 

सर्वाेच्च अदालतमा दिएकाे रिट निवेदन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर