इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम मोरिस लुम्बिनी लायन्समा – Nepal Press

इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम मोरिस लुम्बिनी लायन्समा

काठमाडौं । टेस्ट राष्ट्र इङ्ल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टिम मोरिस लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि उनलाई क्लबले अनुबन्ध गरेको हो ।

सन् २०१६ देखि फर्स्ट क्लास ए लिस्टमा खेल्दै आएका २८ वर्षीय मोरिसले सन् २०२३ देखि टी-२० क्रिकेट खेल्न थालेका हुन् । उनले काउन्टी, बीपीएल, एलपीएल, पीएसएललगायत विभिन्न लिगहरु खेल्दै आएका छन् । १२८ वटा विभिन्न फ्रेन्चाइजी टी-२० खेलिसकेका मोरिसले २३.३४ औसतमा २ हजार ३२१ रन हानेका छन् । उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ ।

फर्स्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका मोरिसले १२३ इनिङमा ७ पटक ब्याटिङ गर्दै अविजित २ हजार ६८१ रन बनाएका छन् । अहिलेसम्मको आफ्नो करिअरमा २ शतक र ८ अर्धशतक बनाएका छन् ।

‘उनको आगमनले टीमको ब्यालेन्स अझ मजबुत भएर हामीलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुनेछ’, लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट कोच शक्ति गौचनले भने ।

क्लबका मालिक ईश्वर जीसीले थपे, ‘हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिभाहरुलाई क्लबमा सामेल गराएर उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई शिखरमा पु¥याउनेछौं र समस्त लुम्बिनीवासीलाई गौरवान्वित बनाउनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर