चितवनका सीडीओपछि एसपी रिमालको पनि सरुवा, गौतम मिश्रलाई पठाइयो – Nepal Press

चितवनका सीडीओपछि एसपी रिमालको पनि सरुवा, गौतम मिश्रलाई पठाइयो

काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारीपछि प्रहरी प्रमुख पनि तानिएका छन् । प्रहरी प्रधान कार्यालयले एसपी भावेश रिमाललाई हटाएर गौतम मिश्रलाई पठाएको छ ।

रिमाल गत चैतमा चितवनको प्रहरी प्रमुखका रुपमा पुगेका थिए । यसअघि गत जेठमा जिम्मेवारी पाएका चितवनका सीडीओ इन्द्रदेव यादवको पनि त्यहाँबाट सरुवा भएको छ ।

रिमाललाई मानव बेचबिखन अनुसन्धान व्युरो ल्याइएको छ । मिश्र यसअघि उक्त व्युरोमा थिए । एसपीका रुपमा मिश्रले यसअघि धादिङ प्रहरी प्रमुख भएर काम गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *