तोडियो नेपालको रेकर्ड, जिम्बाब्बेले टी-२० आईमा बनायो ३४४ रन – Nepal Press

तोडियो नेपालको रेकर्ड, जिम्बाब्बेले टी-२० आईमा बनायो ३४४ रन

काठमाडौं । टी–२० आईमा सर्वाधिक रनको कीर्तिमान तोडिएको छ । जिम्बाब्बेले गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै टी–२० आईमा सर्वाधिक रनको रेकर्ड तोडेको छ ।

यसअघि उक्त रेकर्ड नेपालको नाममा थियो । नेपालले मंगोलियोविरुद्ध ३१४ रन बनाएको थियो । विश्वकप टी–२० क्वालिफायरमा जिम्बाब्वे निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ३४४ रन बनाएको हो ।

जिम्बाव्वेका शिकन्दर राजाले ४३ बलमा सर्वाधिक १३३ रन जोडे । तडिवानासे मरुमणिले ६२, ब्रायन बेनेटले ५० र क्लाइभ मडान्डेले ५३ रन जोडे । गाम्बियाका आन्द्रे जार्जुले सर्वाधिक २ विकेट लिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर