भुटानकाे गृह मन्त्रालयका सचिव नेतृत्वको टाेलीसँग लुम्बिनी विकास कोषको छलफल – Nepal Press

भुटानकाे गृह मन्त्रालयका सचिव नेतृत्वको टाेलीसँग लुम्बिनी विकास कोषको छलफल

रुपन्देही । लुम्बिनी विकास कोषले छिमेकी राष्ट्र भुटानको गृह मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भेटघाट तथा कार्यालयमा स्वागत गरेको छ ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्यले भुटानका गृहमन्त्रालयका सचिव सोनाम वाङगेलसहितको टोलीलाई कार्यालयमा स्वागत गरेका हुन् ।

कोषाध्यक्ष भट्टराईले स्वागत गर्दै छिमेकी देश भुटानसँग नेपालको वर्षोदेखिको पूरानो सम्बन्ध रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीमा भुटान सरकारसँग सहकार्यको वातावरण बनाउन आग्रह गरे ।

उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा भुटान सरकारले गुम्बा निर्माणका सन्दर्भमा सहकार्य गर्न चासो राखेकोमा खुशी व्यक्त गरे ।

भेटघाटमा भुटानका गृहसचिव सोनामले लुम्बिनीमा गुम्बा बनाउने सन्दर्भमा चासो राख्दै बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धनमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । भेटघाटमा कोषका योजना प्रमुख स्मिता भट्ट, बरिष्ठ निर्देशक ज्ञानिन राई, बोर्ड सदस्य श्याम रोक्काको उपस्थिति थियो ।

गृहसचिवको प्रतिनिधिमण्डलले लुम्बिनीस्थित मायादेवी मन्दिर र कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रको समेत भ्रमण गरेको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री, सचिवलगायतका अधिकारीहरुसँग पनि छलफल गर्ने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *