राफिन्हाको ह्याट्रिकमा बार्यनमाथि बार्सिलोनाको जित – Nepal Press

राफिन्हाको ह्याट्रिकमा बार्यनमाथि बार्सिलोनाको जित

हेटौँडा । युरोपिलो च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्नमाथि स्पेनिस क्लब बार्सिलोनाले सानदार जित दर्ता गरेको छ ।

ब्राजिलियन स्टार खेलाडी राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले बायर्नमाथि ४-१ को सानदार जित निकालेको हो ।

खेलको पहिलो मिनेटमामै राफिन्हाले बार्सालाई पहिलो अग्रता दिलाएका थिए । तर खेलको १८ औँ मिनेटमा बायर्नका स्टार खेलाडी ह्यारी केनले बराबरी गोल गरे ।

बार्सिलोनाको लागि लेवनडोस्कीले गोल गरेपछि टिम २-१ को अवस्थामा पुग्यो ।

खेलमा ४५ औँ मिनेटमा राफिन्हाले पुन गोल गर्दै टिमलाई ३-१ ले अघि बढाए ।

दोस्रो हाफको ५६ औँ मिनेटमा राफिन्हाले ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले सानदार जित दर्ता गर्‍यो ।

जितपछि ३ खेलबाट ६ अङ्क सहित तालिकाको १० औँ स्थानमा रहँदा बायर्न ३ खेलबाट ३ अङ्क सहित २३ औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *