रविको बयानमा आलटाल गरिएको भन्दै स्वर्णिमको आक्रोश- के उहाँलाई दालभात खुवाउन ल्याइएको हो ? – Nepal Press

रविको बयानमा आलटाल गरिएको भन्दै स्वर्णिमको आक्रोश- के उहाँलाई दालभात खुवाउन ल्याइएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको बुधवार साँझबाट पुष्टि भएको बताएको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेले अहिलेसम्म हाम्रो दाबी भए पनि शुक्रवार साँझको घटनाले त्यसको पुष्टि गरेको बताए ।

हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टा मात्रै बयान लिने र आलटाल गर्ने कुराले यसलाई पुष्टि गरेको उनको भनाई छ ।

उनले भने, ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०-११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४-५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो ?

के सोध्ने भनेर तयारी नगरी हिरासतमा किन राखियो भन्दै उनले आक्रोश पनि पोखे । उनले भने, ‘तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ? पहिला थुन्ने अनि सोध्न थाल्ने ? यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ । यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन् ।’


प्रतिक्रिया

One thought on “रविको बयानमा आलटाल गरिएको भन्दै स्वर्णिमको आक्रोश- के उहाँलाई दालभात खुवाउन ल्याइएको हो ?

  1. किन जनताले पत्याएनन ??अनी एक महिना देखी छविको पनि बयान भाईरहेको छ त रविलाई मात्र किन हतार ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर