सिंहदरबारबाट दिइँदै आएको राष्ट्रिय परिचयपत्रको सेवा अबदेखि नारायणहिटी संग्रहालय परिसरबाट – Nepal Press

सिंहदरबारबाट दिइँदै आएको राष्ट्रिय परिचयपत्रको सेवा अबदेखि नारायणहिटी संग्रहालय परिसरबाट

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अहिलेसम्म सिंहदरबारबाट दिँदै आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन र अन्य सेवा अब नारायणहिटी दरबार संग्रहालय परिसरबाट दिने भएको छ ।

विभागले कात्तिक ११ गतेदेखि नारायणहिटी दरबार संग्रहालय परिसर (केशरमहल अगाडि) रहेको विभागको इकाईबाट सेवा दिन लागिएको हो ।

सर्वसाधारणलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउनका लागि यो निर्णय गरिएको विभागका महानिर्देशक युवराज कट्टेलले जानकारी दिए ।

उनका अनुसार नयाँ स्थानमा सेवा केन्द्रित गरिँदा सेवाग्राहीलाई थप सजिलो हुनुका साथै विभागको भीड व्यवस्थापनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो निर्णयले सेवाको गुणस्तर सुधार्दै नागरिकलाई परिचयपत्र सम्बन्धी सेवा लिन सहजता हुने महानिर्देशक कट्टेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर