जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा – Nepal Press

जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा

काठमाडौं । सहकारी ठगी सम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिका संयोजक सूर्य थापाले जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा हुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् । निजको विषयमा समितिलाई पूर्वजानकारी रहेको थापाको भनाइ छ ।

नेपाल प्रेसले हाल राष्ट्रपतिका कानूनी सल्लाहकार रहेका बाबुराम कुँवर सहकारी ठगीमा आरोपित जीवी राईको कोर टीममा व्यक्त रहेको खुलासा गरेको थियो । पछि अन्य सञ्चारमाध्यमले पनि समाचार प्रकाशित गरेका थिए । यस विषयमा आज छानबिन समितिका संयोजक थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

यो पनि पढ्नुहोस्- जीबी राईको ‘कोर टीम’ मा रहेका वकिल राष्ट्रपतिका कानूनी सल्लाहकार

छानबिन अवधिभित्रै यस्ता समाचार आएको भए आफूहरूलाई पनि सहयोग पुग्ने तर अहिले लगनपछिको पोते झैँ भएको उनको टिप्पणी छ ।

थापाले लेखेका छन्, ‘सहकारी ठग जीवी राईको कानूनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान देखिनु राष्ट्रकै लागि एउटा लज्जास्पद दृश्य हो ।’


प्रतिक्रिया

One thought on “जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा

  1. न्यायधिश सूर्य थापाले त्यसो भने , कति हांस्नु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर