एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा शुभकामना आदान-प्रदान – Nepal Press

एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा शुभकामना आदान-प्रदान

काठमाडौं । नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले विजया दशमी, तिहार, नेपाल संवत तथा छठलगायतका अवसरमा शुभकामना आदान–प्रदान सम्पन्न गरेकाे छ ।

बिहीबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रतिष्ठानका निर्देशक समिति सदस्यहरू र प्रतिष्ठानका विभिन्न डेस्कमा आवद्ध विज्ञ सदस्यहरूको उपस्थिति रहेको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेका थिए भने राजन भट्टराई, युवराज खतिवडा, दिनेश दवकोटालगायत निर्देशक समिति सदस्यहरू र डेस्कका विज्ञ सदस्यहरूले आआफ्नो डेस्कको कार्यप्रगति र भावी रणनीतिको बारे धारणा राखेका प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष रेग्मीले जनाएका छन् ।

नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान एमालेको थिंक ट्यांक संस्था हो र यसले पार्टीलाई विभिन्न विधा र नीतिगत क्षेत्रमा सुझाव दिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर