पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो अश्रुग्यास – Nepal Press

पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको छ । सोक्रममा २ सेल अश्रुग्यास हानिएको छ ।

रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनालगत्तै प्रदर्शनकारी आक्रोशित भए । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको छ ।

पार्टी कार्यकर्ता र समर्थकले नारावाजी गरिरहेका छन् । प्रहरीले पानीको फोहोरा फ्याँक्ने गाडी पनि तयारी अवस्थामा राखेको छ ।


प्रतिक्रिया

One thought on “पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो अश्रुग्यास

  1. म्याद थप्ने, प्रश्न नै नसोध्ने र अनुसन्धान नै नगर्ने अनि समय पुगेन भनेर फेरि म्याद थप्ने । यो के तरिका हो ? नेपालको पैसा लुटेर विदेश लगेर अरबपति बनेका लुटेरा चोरहरू र मिडियाको निहुमा देशमा दलाली गरिरहेकाहरूको निर्देशनमा भाडाका टट्टुहरूले राज्यशक्तिको दुरूपयोग गरेर रविसँग आफूले गरेको चोरी, ठगी, दलालीको बदला फिन खोजेको जनतालाई असह्य भैसक्यो है । बंगलादेशमा प्रधानमन्त्री देशमा बस्नै नसक्ने अवस्था भएर देशै छोडेर भागिन । यहाँ पनि यी फटाहाहरू र तिनका टट्टुहरूलाई जनताले खेदलान है । सजग बन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *