युनिकोडमा टाइप गर्न मिल्ने गरी किराँत याक्थुङ किबोर्ड आउँदै – Nepal Press

युनिकोडमा टाइप गर्न मिल्ने गरी किराँत याक्थुङ किबोर्ड आउँदै

काठमाडौं। युनिकोडमा टाइप गर्न मिल्ने गरी लिम्बु भाषाको लिपि किराँत सिरिजंगा किबोर्ड आउने भएको छ ।

यस किबोर्डले लिम्बु भाषा मोबाइल वा कम्प्युटरमा युनिकोडमा टाइप गर्न सजिलो हुने किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले बताए । यक्तेनका अनुसार यो युनिकोडका लागि बनाइएको किबोर्ड हो ।

प्रिटी फन्ट लगायत फन्टहरुमा टाइप गर्न डेक्सटपहरुमा यो लिपि पहिल्यै थियो । युनिकोडमा पनि टाइप गर्नका लागि थिए तर, ती सबै पैसा तिरेर किन्नुपर्ने किबोर्डहरु थिए । अहिले भने संसारभर सित्तैमा टाइप गर्न मिल्ने गरी किराँत याक्थुङ किबोर्ड ल्याउन लागिएको यक्तेनले बताए ।

‘अब आउने किबोर्ड चलाउन सहज पनि हुनेछ । धेरै प्रयोग भइरहने शब्दहरुलाई त्यही अनुसार नै सजिलो हुने गरी किबोर्डमा राखेका छौं,’ यक्तेनले भने । उनका अनुसार यो किबोर्ड बनाउन अहिलेसम्म सात, आठ लाख खर्च भइसकेको छ । साथै चुम्लुङका मान्छेले स्वयंसेवकको रुपमा योगदान पनि गरिरहेका छन् ।

युनिकोर्डमा दर्ता हुँदा ‘लिम्बु’ भनेर किबोर्ड दर्ता भएको छ । यो किबोर्ड बजारमा आउन भने एक दुई हप्ता लाग्ने यक्तेनले बताए । यस किबोर्डले संसारभर रहेका लिम्बुहरुलाई आफ्नो लिपि चलाउन सजिलो बनाउने अपेक्षा रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *