सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ? – Nepal Press

सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?

रविलाई थुनामा राख्न प्रहरीले मागेको थियो थप २५ दिन, ४ घन्टा चल्यो बहस

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थप २५ दिन थुनामा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको खुलेको छ । न्यायाधीस चन्द्रकान्त पौडेले भने ७ दिनको मात्रै अनुमति प्रदान गरे ।

रविका वकिलहरुले थुनामा राखिरहनु नपर्ने पैरवी गरेका थिए । सहकारी ठगीमा रविको कुनै संलग्नता नरहेको प्रष्ट भइसकेकाले म्याद थप्नु नहुनेमा जोड दिए । सहकारी ठगीबारे छानविन गर्न बनेको संसदीय समितिले पनि रविको संलग्नता औंल्याउन नसकेको उनीहरुले बताए ।

बादीपक्षका वकिलहरुले भने रविको सहकारीमा रविका प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको हुँदा गहिरो छानविनका लागि थुनामा राख्नैपर्ने माग गरे । रविले छानविन समितिले सोधेका ५१ वटा प्रश्नको जवाफ चित्तबुझ्दो नदिएको र धेरै कुराहरु संदीघ्ध रहेको जाहेरीकर्ताका वकिल युवराज पराजुलीले बताए ।

पोखरा महानगरपालिकाको वित्तिय विश्लेषणात्मक प्रतिवेदनमा पनि रवि लामिछानेको नाममा पुलेसो कर्जा १ करोड रुपैयाँ निकालिएको उल्लेख भएको प्रत्यक्ष संलग्नता पुष्टि हुने उनको दावी थियो ।

जिल्ला अदालतमा ४ घन्टा लामो बहस भएको थियो । रविका तर्फबाट ६ जना वकिलहरुले बहसमा भाग लिए । रास्वपा सांसद समेत रहेकी अधिवक्ता सोभिता गौतमले रविको पक्षबाट बहस गरेकी थिइन् । अन्य वकिलहरुमा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुबेदी, अधिवक्ता पदमराज शर्मा, अविक्ता मधुकुमार चौंलागाईं र अधिवक्ता डा.नारायण कँडेल रहेका छन् ।

जाहेरीकर्ताको तर्फबाट अधिवक्ता युवराज पराजुली र अधिवक्ता कृष्णप्रसाद जैसीले बहस गरे । यसैगरी तीनजना सरकारी वकिलले बहस गरेका थिए । रविसँगै छविलाल जोशीको बहसमा पनि सरकारी वकिलहरु उही नै थिए । जोशीको तर्फबाट बरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका छन् । न्यायाधीसले जोशीको पनि ७ दिन म्याद थपे ।


प्रतिक्रिया

2 thoughts on “सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?

  1. सहकारी ठगले ठगेर ल्याएको पैसा बाँडेर खाएका काँग्रेस एमालेलाई पनि समातेर थुन् ।

  2. सहकारीको पैसा अपचलन गर्ने कसैले छुट पाउनु हुदैन रवीको हकमा पत्रकार पुडासैनी र ड्राइभरको समेत केश जोडिनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *