सुदूरपश्चिम प्रदेश सरकारद्वारा चौथोदेखि १० औं तहसम्मका ४४ कर्मचारीको सरुवा (सूची) – Nepal Press

सुदूरपश्चिम प्रदेश सरकारद्वारा चौथोदेखि १० औं तहसम्मका ४४ कर्मचारीको सरुवा (सूची)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका चौथोदेखि १० औं तहसम्मका ४४ जना कर्मचारीको सरुवा गरेको छ ।

बुधवार बसेको प्रमुख सचिव स्तरीय बैठकको निर्णय अनुसार सामान्य प्रशासन सेवा, इन्जिनियरिङ सेवा, वन सेवा, र स्वास्थ्य सेवा तथा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

सूची अनुसार इन्जिनियरिङ सेवा तर्फ ९–१० तहका ४ जना, वन सेवातर्फ ९–१० तहका ४ जना, स्वास्थ्य सेवातर्फ ९–१० तहका एक जनाको काज फिर्ता र प्रशासन सेवा, सामान्य प्रशासन समूह अधिकृतस्तर ७ र ८ तहका ७ जना कर्मचारीको सरुवा भएको छ ।

यस्तै, प्रशासन सेवाको सामान्य प्रशासन समूहतर्फ तह ५ र ६ तर्फका २४ जना, चौँथो र पाचौँ तहका ४ जना कर्मचारीको पनि सरुवा भएको छ ।

यस्ताे छ सूची:

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर