बंगलादेशका साकिब अल हसन एनपीएल खेल्न इच्छुक, कति तोके मूल्य ? – Nepal Press

बंगलादेशका साकिब अल हसन एनपीएल खेल्न इच्छुक, कति तोके मूल्य ?

काठमाडौं । बंगलादेशका अलराउन्डर सकिब अल हसनले पनि नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेट खेल्ने इच्छा देखाएका छन् ।

उनले आफ्ना एजेन्टमार्फत नेपाल क्रिकेट संघ-क्यानसँग एनपीएल खेल्ने इच्छा देखाएको बुझिएको छ । प्रतियोगिताका केही खेल खेल्ने गरी सकिबले ६० लाख भारतीय रुपैयाँ मुल्य तोकेका छन् ।

एनपीएलमा ८ वटा फ्रेन्चाइजले ४÷४ जना विदेशी खेलाडी आबद्ध गर्नुपर्छ । उनीहरुले नेपाली खेलाडीका हकमा मार्की खेलाडीलाई २० लाख र अन्य खेलाडीलाई २ देखि १५ लाख नेपाली रुपैयाँसम्म खर्चिएका छन् । विदेशी खेलाडीको हकमा मोलको सिमा तोकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर