ताप्लेजुङको चित्ताकर्षक लामपोखरी – Nepal Press

ताप्लेजुङको चित्ताकर्षक लामपोखरी

ताप्लेजुङ । ४३०० मिटर हाराहारीको उचाइ । सामान्य पर्यटक ट्रेल पूर्वाधार र सामान्य आवासको सुविधा अभाव ।

कि त पालमा, कि त गोठमा बस्ने मात्र विकल्प । यी सबै सीमितता हुँदाहुँदै पनि आगन्तुक तानिरहन्छ ताप्लेजुङको मुन्धुमी मार्गको एउटा ल्याण्डमार्क पोखरी (लामपोखरी) ।

शेर्पाहरूले यो पोखरीलाई छोनाक्तिङ भन्ने गरेको सिम्बुक क्षेत्रका युवा पथप्रदर्शक शेर्पा पान्देले नेपाल प्रेसलाई जानकारी दिए ।

यही पोखरीको आसपास सजिएका लोदेन पोखरी, सुन पोखरी, फुसफुसे पोखरी, भूत पोखरी आदिले थप आकर्षण थपेको छ ।

याक्थुङ लिम्बुहरू लोदेन पोखरीलाई एक प्रमुख मुम्धुमी धाम मान्छन्।

यत्ति हुँदापनि सरकारी तवरबाट यो क्षेत्रमा कायापलट हुने पूर्वाधार विकास भने शून्य सरह भएको धेरै आगन्तुकको चित्त दुखाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर