माओवादी नेतृत्वलाई लेखनाथ न्यौपानेको आग्रह- रवि लामिछानेको बचाउमा अर्को गल्ती नगरौं – Nepal Press

माओवादी नेतृत्वलाई लेखनाथ न्यौपानेको आग्रह- रवि लामिछानेको बचाउमा अर्को गल्ती नगरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी नेतृत्वलाई रास्वपा सभापति रवि लामिछानेको बचाउमा अर्को गल्ती नगर्ने सुझाव दिएका छन्।

माओवादीले सरकारको विरोधमा भोलि काठमाडौंमा प्रदर्शन गर्न लागिरहेको बेलामा सरकारको रंगढंगको तथ्यगत विरोध गर्न आग्रह गरेका छन्।

उनले भनेका छन् ‘ओली नेतृत्वको कांग्रेससहितको सरकारको रंगढंगको तथ्यगत विरोध गरौं तर हामी माओवादीले घण्टी अध्यक्षको बचाउमा अर्को गल्ती नगरौं।

उनले विगतमा उनका बचाउमा गरेको गम्भीर नदोहोर्याउन आग्रह गरेका छन्। सहकारी प्रकरणमा रास्वपा सभापति लामिछाने पक्राउ गरेपछि रास्वपा सडकमै उत्रिरहेको बेलामा माओवादीले पनि सडकमा खबरदारी सभा गर्न लागिरहेको बेलामा नेता न्यौपानेले यस्तो सुझाव दिएका हुन्।

तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रविको पक्षमा नरम देखिँदै आएका छन्।


प्रतिक्रिया

2 thoughts on “माओवादी नेतृत्वलाई लेखनाथ न्यौपानेको आग्रह- रवि लामिछानेको बचाउमा अर्को गल्ती नगरौं

  1. माओवादीका मुख्य सुन तस्कर नेतालाई रविले बचाइदिएकाले गुन तिरेका होलान तिम्रा नेताले लेखनाथजि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर