राजेन्द्र महतोको पार्टीको नाम फेरियो, १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव – Nepal Press

राजेन्द्र महतोको पार्टीको नाम फेरियो, १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

काठमाडौं । राजेन्द्र महतोले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएका छन् । राष्ट्रिय मुक्तिक्रान्ति नाम राख्नको लागि निर्वाचन आयोगले अस्वीकार गरेपछि नाम परिवर्तन गरेर आयोगमा आवेदन दिएका हुुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल नाम र माछा चुनाव चिन्ह रहनेगरी आफूहरुले निवेदन दर्ता गराएको नेता केशव झाले बताए । उनका अनुसार १७३ सदस्य केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

उनले भने, ‘हामीले आयोेगमा आवेदन दिएका छौं । प्रमाणपत्र केही दिनमा दिन्छ होला । १७३ केन्द्रीय सदस्य राखेका छौं । त्यसमा एक जना अध्यक्ष अरुलाई केन्द्रीय सदस्य भनेका छौं ।’


प्रतिक्रिया

One thought on “राजेन्द्र महतोको पार्टीको नाम फेरियो, १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

  1. भारतको दलालीमा समर्पित अर्को नयाँ फण्डा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर