डोल्पामा पार्किङ गरिएका चार मोटरसाइकलमा मध्यराति आगजनी, दुई पूर्णरूपमा क्षति – Nepal Press

डोल्पामा पार्किङ गरिएका चार मोटरसाइकलमा मध्यराति आगजनी, दुई पूर्णरूपमा क्षति

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १, त्रिपुराकोटको बगर बजारमा बिहीवार मध्यराति पार्किङ गरेर राखिएका तिन मोटरसाइकलमा आगजनी भएको छ ।

शे–फोक्सुण्डो तालको यात्रा गरिरहेका जुम्लाका चार जनाको मोटरसाइकल अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार, आगजनीका कारण तिमध्ये दुई मोटरसाइकल पूर्ण रूपमा जलेर क्षति पुगेको छ भने बाँकी एक मोटरसाइकलमा आंशिक क्षति पुगेको छ ।

साथै, नजिकै रहेको फ्रेस हाउसमा पनि क्षति पुगेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

क्षति पुगेका मोटरसाइकलमध्ये एक कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको रहेको पनि प्रहरीले बताएको छ ।

धर्मन्द्र कुवरको कर्णाली प्रदेश ०१००१ प २३१७ र कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको क १ ज ०३९२ नम्बरको मोटरसाइकल पूर्णरूपमा क्षति भएको छ भने मनेबहादुर खत्री क १ प २१०० नम्बर मोटरसाइकलमा सामान्य क्षति हुनुका साथै नजिकै रहेको कालिबहादुर केसीको फ्रेस हाउसमा सामान्य क्षति भएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार राति तेल चोर्न आएकाहरुले चुरोट लाइटर प्रयोग गर्दा आगलागी भएको हुन सक्ने आशंका गरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर