काठमाडौंबाट मनकामना जाँदै गरेकाे माइक्रोबस थाक्रेमा दुर्घटना, ११ जना घाइते – Nepal Press

काठमाडौंबाट मनकामना जाँदै गरेकाे माइक्रोबस थाक्रेमा दुर्घटना, ११ जना घाइते

मलेखु । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।

पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

घाइते सबैको महादेवबेसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एउटै परिवारको रहेको बताइएको छ । दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर