१६ जना सीडीओसहित गृह मन्त्रालयका २३ सहसचिव र ४ उपसचिवको सरुवा, को कहाँ पुगे ? – Nepal Press

१६ जना सीडीओसहित गृह मन्त्रालयका २३ सहसचिव र ४ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत १६ प्रमुख जिल्ला अधिकारीसहित २३ जना सहसचिव र ४ उपसचिवको सरुवा गरेको छ ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै १६ प्रमुख जिल्ला अधिकारी सहित २७ जना सहसचिवको सरुवा भएको हो ।

सहसचिवको सरुवा भएसँगै मन्त्रालयमा सरुवा भएर अतिरिक्त तथा जिम्मेवारी बिहिन भएका सहसचिवले पनि जिम्मेवारी पाएका छन् ।

सूचीमा २५ जना सहसचिवको सरुवा भएको भए पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने सहसचिव रामबन्धु सुवेदीलाई प्राधिरकरणमा सरुवा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर