सीआईबीद्वारा सूर्यदर्शन सहकारी ठगीमा थप एक जना पक्राउ – Nepal Press

सीआईबीद्वारा सूर्यदर्शन सहकारी ठगीमा थप एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शुक्रबार पानीपोखरीबाट पक्राउ गरेको प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन् । यो सहितका सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरीले पूर्वडीआईजी छविलाल बन्जाडे, पूर्वगृहमन्त्री तथा रास्वपासभापति रवि छामिछानेसहितलाई पक्राउ गरेको छ ।

प्रवक्ता बोगटीका अनुसार रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानका क्रममा रहेकै बेला खनाललाई पनि सोही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

उनलाई शुक्रबार नै जिल्ला प्रहरी कार्याल्य, कास्कीमा पठाइएको छ । नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटडका पनि शेयरधनी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर