इन्टरपोलबाट रेड नोटिसपछि सुजन आचार्य फेरि पक्राउ – Nepal Press

इन्टरपोलबाट रेड नोटिसपछि सुजन आचार्य फेरि पक्राउ

काठमाडौं । आफूलाई पत्रकार बताउँदै आपराधिक गतिविधिमा मुछिँदै आएका सुजन आचार्य फेरि पक्राउ परेका छन् । इन्टरपोलको नोटिसपछि उनले विदेशबाट पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई कम्बोडियाबाट ल्याइएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाका सुजन आचार्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएको आरोप लागेको थियो ।

सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध गरेको थियो। २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।

सुजन विरूद्द २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दा समेत दर्ता भएको पाइएको छ । असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो ।

उनलाई सम्बन्धित कसूरहरूमा कानूनबमोजिम कारबाही गराउने प्रयोजनार्थ जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *