उद्योग विभागको महानिर्देशकमा ज्ञवाली, ३ सहसचिवको जिम्मेवारी हेरफेर – Nepal Press

उद्योग विभागको महानिर्देशकमा ज्ञवाली, ३ सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागको जिम्मेवारी सहसचिव राजेश्वर ज्ञवालीलाई दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै भर्खरै सरुवा मन्त्रालयमा सरुवा भएर आएका ज्ञवालीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट ४० जना सहसचिवको सरुवा हुँदा ज्ञवालीको पनि राष्ट्रिय योजना आयोगबाट मन्त्रालयमा सरुवा भएको थियो । ज्ञवाली यसअघि राष्ट्रिय बीमा कम्पनीको अध्यक्ष, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

यस्तै, मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रहेका ध्रुब घिमिरेलाई औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख रहेका सहसचिव हुमकला पाण्डेको मन्त्रालयकै योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै, गृह मन्त्रालयबाट सरुवा भएर मन्त्रालयमा आएका सहसचिव जितेन्द्र बस्नेतलाई पाण्डेले जिम्मेवारी सम्हाल्दै आएको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर