बेलायतको फोकस्टोनकी मेयरलाई हर्क साम्पाङले दिए आफ्नै तस्बिर राखेर मायाको चिनो – Nepal Press

बेलायतको फोकस्टोनकी मेयरलाई हर्क साम्पाङले दिए आफ्नै तस्बिर राखेर मायाको चिनो

काठमाडौं । बेलायत भ्रमणमा परिवार र पत्रकारसहित पुगेका धरानका मेयर हर्क साम्पाङले बेलायको एक सानो शहर फोकस्टोन कि मेयरसँगको भेटको तस्बिर सार्वजनिक गरेका छन् ।

सात वार्ड भएको र ५० हजार बढी जनसंख्या भएको शहरकी मेयर आबेना आकुफो केलीलाई साम्पाङले मायाको चिनो दिँदा आफ्नो फोटो नि राखेका छन् ।

समकक्षी मेयर केलीले दिएको चिनोमा भने उनले आफ्नो फोटो राखेकी छैनन् । आफ्नो शहरको लोगो दिएकी छन् । आफ्नो नाम हर्कराज राई नै राखेर धरान उपमहानगरको तर्फबाट मेयर साम्पाङले मायाको चिनो दिएको देखिएको छ ।

बेलायती शहरको मेयरसँग भेट भए पनि मेयर साम्पाङले यात्रा गरेको बेलायती राजधानी लण्डनका मेयर साद्दिक खानसँग भने भेट भएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर