एमाले बुटवलको अध्यक्षमा शोभाखर पोखरेल निर्विरोध – Nepal Press

एमाले बुटवलको अध्यक्षमा शोभाखर पोखरेल निर्विरोध

रुपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशनले शोभाखर पोखरेलको अध्यक्षतामा ७९ सदस्यीय कमिटी सर्वसहमतिमा चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई तथा उपसचिवमा विकास बस्नेत र मेनका थापा चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक युवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले संगठनलाई थप बलियो बनाएर लैजान निर्देशन दिए ।

पार्टीले गरेका सकारात्म कार्यहरु जनता समक्ष लैजान र जनताका गुनासो सुनेर आगामी निर्वाचनका लागि आजैदेखि तयारीमा लाग्न उनले निर्देशन दिए ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा एमाले बुटवल उपमहानगरका इन्चार्ज गोपाल रानाले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामनासहित जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।

पार्टीको संगठनलाई थप क्रियाशिल र सशक्त बनाउँदै ८४ सालमा हुने स्थानीय तथा संसदीय निर्वाचनको तयारीमा लाग्न उनले आग्रह गरे ।

पार्टीप्रति फैलाइएका गलत भ्रमहरुलाई चिर्दै जनताका घर दैलोमा पुग्नेगरी गतिविधि सञ्चालन गर्न उनले आग्रह गरे । अधिवेशनको एमाले सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्यालले बिहीबार उद्घाटन गरेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *