अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित – Nepal Press

अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट लिग-२ अन्तर्गत गएराती भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित भएको छ ।

अमेरिकाको डालासमा सिरिजअन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य स्कटल्याण्डले २४ ओभर ५ बलमा कुनै विकेट नगुमाएर पूरा गर्‍यो । स्कटल्याण्डका लागि आन्द्रे उमिद ९८ र चार्ली टिमयर ४३ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा १ सय ४४ रन समेटिएको थियो । अमेरिकाका स्याड्ली भान श्यालवाएकले सर्वाधिक ५८ रन बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर