सरकारले भन्यो- सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सबैमाथि अनुसन्धान हुन्छ (भिडिओ) – Nepal Press

सरकारले भन्यो- सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सबैमाथि अनुसन्धान हुन्छ (भिडिओ)

लमजुङ । सरकारले सहकारी ठगी सम्बन्धी छानविन गर्न संसदीय छानविन समितिको प्रतिवेदनले दोषी देखाएका सवैमाथि सरकारले अनुसन्धान अघि बढाउने प्रष्ट बटमलाइन सुनाएको छ ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दवाव दिन सडकमा बितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनुसन्धान नरोकिने प्रष्ट बटमलाइन सुनाएका हुन् ।

सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दवाव आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने कार्यान्वयनमा कसैको दवावले नखोकिने प्रष्ट पारे।

 

‘माननीय सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानविन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सयजना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन् । रवि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन् । कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ एमाले लमजुङले आज आयाजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चार मन्त्री गुरुङले भने ।

उनले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोशिस गर्नेहरुको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रष्ट पारे । ‘सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सवैमाथि अनुसन्धान अघि बढछ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन,’ मन्त्री गुरुङले भने ।

उनले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको बिकल्प नरहेको प्रष्ट मान्यता पनि सुनाए। मन्त्री गुरुङले सडकमा बितण्डा देखाएर सुशासनको विपक्षमा रास्वपा उभिएको हो भन्ने प्रष्ट पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर