ओली सरकारसँग शेखरको तीन असहमति (भिडिओ) – Nepal Press

ओली सरकारसँग शेखरको तीन असहमति (भिडिओ)

प्रधानमन्त्री ओलीलाई सोधे- अध्यादेश किन चाहियो ? के गर्न खोज्दै हुनुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन असहमति व्यक्त गरेका छन्।

नेपाली कांग्रेस कामपा-३२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक स्थायित्व र आर्थिक सुधारको लागि एमालेसँग मिलेको भएपनि अहिलेसम्म त्यस्तो अनुभुति गर्न नपाएको भन्दै आलोचना गरे।

उनले कांग्रेसको तर्फबाट सरकारमा भएकाहरुले सहकार्य गरेपनि बाहिर रहेकाले प्रतिस्पर्धा गर्न नछाड्ने भन्दै तीन असहमति व्यक्ति गरे। त्यसो त कांग्रेसमा एमालेसँग मिल्नुपर्छ भनेर बहस चलाउने नेता कोइराला अहिले सरकारको सय दिन नपुग्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

यद्यपी, उनले दुई दलबीच भएको सहमति कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा कांग्रेस प्रष्ट रहेको सुनाउँदै तीन असहमत व्यक्ति गरे।

 

पहिलो, अहिले कुलमानको इस्युमा सरकार अघि बढेको छ। अस्ति पनि बोर्डको बैठकमा कुलमाजी र मन्त्रीजीको कुरा मिलेन। अर्बौँको बक्यौँताको कुरा छ। अहिले ऋण लिएर देश चलिरहेको छ सरकार भन्छ तिमी अहिले बक्यौंता नलेउ भन्छ, बक्यौँता लिएन भने देश चल्छ कसरी? लिने हो कि होइन।

दोस्रो, उपसभामुख इन्दिरा राना उपसभामुख हुनुहुन्छ। उहाँको कमीकमजोरी छैन भन्दिनँ छ। तर, यस्तो कमीकमजोरी पनि होइन, कि उहाँले पदबाटै हटाइदिनुपर्छ भन्ने पनि होइन। के कारणले पदबाट हटाउनुपर्योरु नेपाली कांग्रेसको उपसभामुख छैन भनेर हटाइदिने ?

तेस्रो, अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको छ। अहिले किन चाहियो राम्ररी काम गरेर अघि बढ्नु नि। भर्खर सय दिन भएको छ। दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर के गर्नु खोज्नुभएको छ ? किन चाहियो ? संसद छैन संसद भएको भए त्यहाँ ल्याएर छलफल गरेको भएपनि हुन्थ्यो। यस्ता इस्युहरुले हामीलाई चिन्तित तुल्याइरहेको छ। सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने लाग्छ,। हामीले सरकारलाई गतत बाटोमा हिँड्न खोज्दैछौं भनेर सचेत गराइराख्नुपर्छ


प्रतिक्रिया

One thought on “ओली सरकारसँग शेखरको तीन असहमति (भिडिओ)

  1. जुन दिनदेखि देउवाले सरकारको तारिफ गर्न थाले यी महाशय भड्किए । देउवाले क भने ख भन्ने अनि देउवाले ख भने क भन्ने । देउवाले भनेको र गरेको देख्नै नसक्ने रहेछन् शेखर । यिनको राजनीति भनेको देउवाको विरोध गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर