सरकारविरूद्ध सडकमा माओवादी, तस्बिरमा यस्तो देखियो काठमाडौंको शक्ति प्रदर्शन – Nepal Press

सरकारविरूद्ध सडकमा माओवादी, तस्बिरमा यस्तो देखियो काठमाडौंको शक्ति प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडकमा उत्रिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्षसहित आज माओवादीले काठमाडौंमा जनप्रदर्शन गरेको हो।

सरकारविरुद्धको प्रदर्शनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रदर्शनमा प्रचण्डसहित पार्टीका सबै पदाधिकारी सहभागी छन्।

काठमाडौं मलबाट जुलुस निकालेर भृकुटीमण्डपमा खबरदारी सभा गर्दैछ। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई दबाब दिन खबरदारी सभा गरेको जनाएको छ ।
आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खोजेको माओवादीको दाबी छ।

ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै विपक्षी दलको तर्फबाट संयुक्त ज्ञापनपत्र बुझाएलगत्तै माओवादी आक्रामक रूपमा सडकमा उत्रिएको हो।

 


प्रतिक्रिया

One thought on “सरकारविरूद्ध सडकमा माओवादी, तस्बिरमा यस्तो देखियो काठमाडौंको शक्ति प्रदर्शन

  1. प्रचण्डदेखि केन्द्रीयस्तरका सबै नेता, प्रचण्डको पछि लागेर खान हिडेका भरौटे सबै, अलिकति रमिते अनि दलाल पत्रकार सबै जोडदा यत्ति हो ? यसैले प्रमाणित गरे न र माओवादी सकिएको ? माओवादी जस्तो महान भ्रष्टले अरूका भ्रष्टाचारका कुरा गर्न मिल्छ ? माओवादी जस्तो सुन तस्करहरूको पार्टी, व्यापारी मार्फत पैसा विदेश लानेले सुशासनका कुरा गर्न त लाज लाग्नु पर्ने हो । जाजरकोटका भुकम्प पिडितलाई ल्याएको राहत नै माओवादीका नेताले लुटे । अझै उनीहरूको बेहाल छ । अनि यी ज्यानमाराहरूले विपत्तिमा सरकारले केहि गरेन भनेर कसैले पत्याउला ?ओलि सरकारमा नभएको भए सबै बाटा महिनौंसम्म बन्द नै हुन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर