बाटाे बिराएर जंगलमा हराएका ट्रेकिङ गएका ४ जनाको उद्धार – Nepal Press

बाटाे बिराएर जंगलमा हराएका ट्रेकिङ गएका ४ जनाको उद्धार

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

ट्रेकिङ गएका ४ जनालाई सशस्त्र प्रहरीले हिजाे उद्धार गरेको हाे ।

उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् ।

उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए ।

सो बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं। ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *