प्रचण्डको चेतावनी- यो सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्छ (भिडिओ) – Nepal Press

प्रचण्डको चेतावनी- यो सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध गरेको खबरदारीसभालाई गम्भीरतापूर्वक लिन चेतावनी दिएका छन् ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले आजको सभाको सन्देशलाई बुझ्न आग्रह गरे ।

उनले भने, ‘भनिन्छ, बिहानले दिउँसोको संकेत गर्छ, यो खबरदारीसभाको सन्देशलाईलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने संकेत यही सभाले गरेको छ । यसमा गम्भीर हुन सरकारलाई चुनौती दिन्छौं ।’

प्रचण्डले बाढीपहिरोको विपद्‍मा सरकार चुकेको भन्दै यस्तो गल्ती नदोहोर्‍याउन सरकारलाई चेतावनी दिए ।


प्रतिक्रिया

One thought on “प्रचण्डको चेतावनी- यो सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्छ (भिडिओ)

  1. भोलि सरकारमा जान पाईयो भने लुटनतिर लागिन्छ । अहिलेलाई त भन्देउ न । बाउको केही जाने होईन भन्दैमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर