सरकार ढाल्ने खेलमा नरहेको भन्दै प्रचण्डको प्रष्टीकरण- कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेछौं (भिडिओ) – Nepal Press

सरकार ढाल्ने खेलमा नरहेको भन्दै प्रचण्डको प्रष्टीकरण- कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेछौं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र विचौलियालाई जोगाउन बनेको सरकार आफैं कुहिएर झर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले माओवादी कुनै सत्ताको खेलमा नरहेको भन्दै सरकार ढालेको दोष आफूहरुलाई नदिन आग्रह गरे ।

प्रचण्डले भने, ‘हामीले खबरदारीसभा राख्नेबित्तिकै सत्तापक्षले सबैलाई एकै ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजेको, त्यसो गर्नु संविधानविरोधी हुन्छ भन्ने होहोल्ला गरे । मैले प्रतिनिधिसभामै भनेको थिएँ, तपाईंहरुको सरकार पूरै अवधि चलोस्, माओवादीले सरकार ढाल्ने खेलमा लाग्दैन भनेर । तपाईंहरु पूरै चलोस् ।’

 

उनले सरकार ढाल्न खबरदारीसभा नगरेको प्रस्ट पारे । प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको दाबी गरे ।

माओवादीले खबरदारीसभा राखेपछि सरकार ढल्दैछ भन्ने आतंक बढेको भन्दै उनले अझै भ्रष्टाचार र बेथितितिर नजान चेतावनी दिए ।

उनले माओवादी अहिले सत्ताको पक्षमा नरहेको प्रस्ट पार्दै अहिले कांग्रेस-एमालेसँग सहकार्य गरेर गल्ती गर्‍यौं भन्ने परेको सुनाए ।

प्रचण्डले कांग्रेस-एमालेसँग मिलेर गल्ती गरेको निष्कर्षसहित समीक्षा गरेर जनतातर्फ फर्किएको बताए ।


प्रतिक्रिया

One thought on “सरकार ढाल्ने खेलमा नरहेको भन्दै प्रचण्डको प्रष्टीकरण- कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेछौं (भिडिओ)

  1. दिल्लीका दलालहरूलाई लाज छैन । जसको पार्टी त जन्माएर यहाँसम्म ल्याईदिएकै दिल्लीले हो- नेपालमा अशान्ति मच्चाउन र नेपाललाई अस्थिर बनाएर आफ्नो कठपुतली बनाउन । त्यस्ता भाडाका टट्टुहरूले देशभक्त सच्चा नेपालीको पार्टीलाई भन्न लाज छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर