रवि पक्राउबारे प्रचण्ड- सरकारको यो रवैया बेठीक छ, आजको सभा कसैलाई बचाउन होइन (भिडिओ) – Nepal Press

रवि पक्राउबारे प्रचण्ड- सरकारको यो रवैया बेठीक छ, आजको सभा कसैलाई बचाउन होइन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको खबरदारीसभा रास्वपा सभापति रवि लामिछानेको बचाउमा नभएको प्रस्ट पारेका छन् ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको बताए ।

उनले भने, ‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि । त्यहीअनुसार बनोस् भनेको हो । बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो ।

उनले सरकारले अहिले देखाएको रवैयाको आपत्ति जनाए ।

प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने तयारी बेठीक भएको बताए ।


प्रतिक्रिया

One thought on “रवि पक्राउबारे प्रचण्ड- सरकारको यो रवैया बेठीक छ, आजको सभा कसैलाई बचाउन होइन (भिडिओ)

  1. रविले ठूलो सुन तस्कर माओवादीलाई समातेका हुन् । अझ सरकारमा बसेर अनुसन्धान गर्न पाएका भए सुन तस्कर भनेर सुप्रिमोसम्म प्रमाण जुटाउन भ्याउथे । यस्ता रविलाई किन बचाउनु ? रविलाई त जनताले बचाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर