नेपाली पुगेको सबै ठाउँमा जागरणको बत्ती बल्छ: प्रधानमन्त्री – Nepal Press

नेपाली पुगेको सबै ठाउँमा जागरणको बत्ती बल्छ: प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गरेका छन् ।

विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्त्व अधिक रहेको बताए ।

देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने बताउँदै कोभिड- १९ का बेला ‘हिमवत खण्ड कला साहित्य सम्मेलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मेलनमा सहभागिताका लागि स्रष्टाहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रधनमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारहरुलाई सम्मान पनि गरे । ्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर