नासाको ‘स्पेसएक्स क्रु-८’ पृथ्वीमा फर्कियो – Nepal Press

नासाको ‘स्पेसएक्स क्रु-८’ पृथ्वीमा फर्कियो

लस एन्जलस । अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)को स्पेसएक्स क्रु-८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन् ।

चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो ।

चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यू डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्याण्डर ग्रेबेन्किन रहेका छन् ।

यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौं व्यवसायिक ‘क्रु रोटेशन मिशन’ हो । -रासस/सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *