तरुण दलको स्थापना दिवसमा चोभारमा वृक्षरोपण – Nepal Press

तरुण दलको स्थापना दिवसमा चोभारमा वृक्षरोपण

काठमााडौं । नेपाल तरुण दलले आफ्नो ७२औं स्थापना दिवसको अवसर पारेर कीर्तिपुर नगरपालिका- ६ चाेभारको सामुदायिक वनमा वृक्षरोपण गरेको छ ।

वृक्षरोपणमा तरुण दलको महाधिवेशन निर्देशन समितिको संयोजक एवं पार्टीककी सहमहामन्त्री डिना उपाध्याय, तरुण दलका निवर्तमान अध्यक्ष एवं राष्ट्रियसभा सांसद जीतजङ्ग बस्नेत, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु सरिता प्रसाईं र राजन केसीको उपस्थिति रहेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमअन्तर्गत १३० वटा विरुवा रोपिएको छ ।

कार्यक्रममा महाधिवेशन निर्देशन समितिकी संयोजक उपाध्यायले तरुण दलको महाधिवेशन चैतभित्र सम्पन्न गर्ने म्यान्डेट दिएकोमा उक्त समयभित्र दलको महाधिवेशन गरी नयाँ नेतृत्व ल्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

तरुण दलका अध्यक्ष गुरुङले तिहारलगत्तै काभ्रे र ललितपुरको बाढीपहिरो प्रभावित विभिन्न ठाउँमा तरुण दलले अस्थायी टहरा बनाउने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर