सङ्खुवासभामा सामान्य विवादमै छिमेकीको हत्या – Nepal Press

सङ्खुवासभामा सामान्य विवादमै छिमेकीको हत्या

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका- ४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ ।

सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ ।

उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *