एल क्लासिको : बार्सिलोना सामु निरीह बन्यो रियल – Nepal Press

एल क्लासिको : बार्सिलोना सामु निरीह बन्यो रियल

हेटौँडा । स्पेनिस ला लिगाको सर्वाधिक चर्चित मानिने एल क्लासिकोमा बार्सिलोनाले‌ सानदार जित निकालेको छ।

शनिवार राती सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० ले पराजित गर्दै ला लिगाको अङ्क तालिकालाई थप मजबुत बनायो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गरे भने राफिन्हा र यमालले समान १-१ गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको क्लासिकोमा गोलको सुरुवात दोस्रो हाफको ५४ औँ मिनेटमा लेवान्डोस्कीको गोल मार्फत भयो । आफूले गोल गरेको दोस्रो मिनेटमा नै उनैले थप दोस्रो गोल गर्दै टिमलाई २-० को अवस्थामा लगे ।

बार्सिलोनाका लामिने यामलले ७७ औँ मिनेटमा गोल गरेपछि थप मजबुत बनेको टिमको लागि राफिन्हाले ८४ औँ मिनेटमा गोल गर्दै टिमलाई सानदार जित दिलाए ।

जितपछि ११ खेलबाट ३० अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलमा रियल २४ अंकका साथ दोस्रो स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *