तस्बिरमा हेर्नुहोस् ताप्लेजुङको ऐतिहासिक उत्तरी बजार ओलाङचुङ्गोला – Nepal Press

तस्बिरमा हेर्नुहोस् ताप्लेजुङको ऐतिहासिक उत्तरी बजार ओलाङचुङ्गोला

काठमाडौं । एक ऐतिहासिक हिमाली बजार । चीनसँगको सबैभन्दा पूर्वोत्तर सीमा नाका टिप्लाता पुग्न झण्डै २५ किलोमिटर मात्र लाग्ने ताप्लेजुङको एक ऐतिहासिक बजार ।

विश्वव्यापी चिनिएका चिकित्सक सन्दुक रुइतको जन्मभूमि । भारत-नेपाल-चीन जोड्ने पूर्वको छोटो त्रिदेशीय राजमार्गको सबैभन्दा उत्तरी बजार ।

जिल्ला सदरमुकाम फुङ्लिङ पुग्न भन्दा चीनको सीमा बजार रिउ पुग्न चाँडो हुने बजार । तमोरलाई पटुकी बाँधेर बसेको सबैभन्दा माथिको एक ऐतिहासिक बजार ।

यी र यस्ता थुप्रै परिचय छन् ओलाङचुङ्गोलाका ।

३२०० मिटर हाराहारी उचाइको तथा हाल ५५ घर भएको यो बजारका केहि प्रतिनिधिमूलक तस्बिर यहाँ राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *