सुनको मूल्य हालसम्मकै उच्च, तोलामै १४ सयले बढ्याे – Nepal Press

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै १४ सयले बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६७ हजार ४ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । शुक्रबारको भन्दा १५ रूपैयाँ बढेको चाँदी २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *