रानीवनबाट अटोमेटिक अमेरिकन पेस्तोलसहित एक युवक पक्राउ – Nepal Press

रानीवनबाट अटोमेटिक अमेरिकन पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं। काठमाडौंको रानीवनबाट अटोमेटिक अमेरिकी पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरको टोलीले दैलेखको भगवतीमाई स्थायी घर भएका २५ वर्षीय अनिल खड्कालाई पक्राउ गरेको हो। उनी नेपाली सेनाको सिपाही हुन् ।

शनिवार राती उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

खड्कामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले खड्काको साथबाट खाली म्यागजिन पनि बरामद गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर