यी हुन् भारतविरुद्ध नेपालको पहिलो रोजाईका खेलाडी – Nepal Press

यी हुन् भारतविरुद्ध नेपालको पहिलो रोजाईका खेलाडी

काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साढे ६ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलका लागि नेपालले पहिलो रोजाईका खेलाडी सार्वजनिक गरेको छ । नेपालले गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा पहिलो रोजाईका खेलाडी सार्वजनिक गरेको हो ।

टोलीमा सुब्बासहित पूजा राना, विमला विक, अमृता जैशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी (साम्बा), गीता राना, रेखा पौडेल, प्रीति राई, सविता रानामगर र अमिषा कार्की छन् ।

यसअघि पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ ले पराजित गर्दै साविक विजेता बंगलादेशले साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *