भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा – Nepal Press

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।

त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *