टक्सार विभागले भोलिमात्र असर्फी बेच्ने, चाँदीका सिक्कामा हिजैदेखि भिड (भिडिओ) – Nepal Press

टक्सार विभागले भोलिमात्र असर्फी बेच्ने, चाँदीका सिक्कामा हिजैदेखि भिड (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भोलि एक दिन मात्रै विक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का मेडालियन गत आइतबारबाट नै विक्री गरिरहेको छ । १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री भइरहेको छ ।

 

लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका सिक्काको मूल्य २ हजार २ सय रहेको छ । गाई मेडालियन १० ग्रामको २ हजार २ सय तथा २५ ग्रामको ५ हजार ५ सय रहेको छ ।

नेपाल राष्ट्र बैंकलेका सूचना अधिकारी डिलिराम पोखरेलले तिहारको लागि चाँदीका सिक्काहरू आइतबारबाट नै विक्री सुरु भएको बताए । चाँदीको सिक्कामा ग्राहकको आकर्षण रहेको पोखरेलले जानकारी दिए ।

उनले भने, ‘असर्फी भोलि एक दिन मात्रै विक्री हुने छ । सुनको मूल्य तोकिएपछि मात्रै नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य तोकेर विक्री गर्ने छ । सुनको असर्फी थोरै छ । हामीसँग भएको असर्फी विक्री गरेर सकिएपछि विक्री रोकिने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर